काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ ।
मोर्चाले ६ महिनादेखिको नाकाबन्दी हटाउँदै काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेको छ । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी संघर्षलाई निर्णायक बनाउन राजधानी केन्द्रित आन्दोलन गर्ने जानकारी दिए ।
‘अहिले जारी रहेको लडाई मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम लगायत उत्पीडित एवं सीमान्कृत समुदायको अस्तित्वको लडाई भएकोले अधिकार प्राप्ति बेगर आन्दोलन रोकिदैन’, उनले भने, मधेसमा अहिले विरोध प्रदर्शन र सीमा नाका केही खुकुलो भयो भन्दैमा आन्दोलन नै समाप्त भएको भ्रम कसैले नराखे हुन्छ, हाम्रो संघर्ष र आन्दोलन जारी छ ।’
भावी आन्दोलन तयारीका लागि मोर्चाको बैठक सम्भवतः आइतबार नै नभए सोमबार बस्ने छ ।






