बाघको आक्रमणमा महिला गम्भीर

चितवन- पश्चिम चितवनको नारायणी नगरपालिका–११ स्थित कृष्णचोकमा बाघको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् ।

नारायणी नगरपालिकास्थित जगतपुरमा बिहीबार घाँस काट्न जानेक्रममा नजिकै रहेको झाडीबाट एक्कासि बाघ निस्किएर उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाघको आक्रमणमा परी गम्भीर घाइते हुनेमा स्थानीयवासी ५८ वर्षीया मिठु विक रहेकी छन् । उनको टाउकोमा चोट लागेकाले अहिले कलेज अफ मेडिकल साइन्स, भरतपुरमा उपचार भइरहेको छ ।