नायक सिद्वार्थ कोइराला कांग्रेस राजनीतिमा

siddhartha koiralaकाठमाडौं- बलिउडमा स्थापित हुन संघर्षरत सिद्धार्थ कोइराला कांग्रेसको राजनीतिमा सक्रिय भएका छन् । वीपी कोइरालाका जेठा छोरा प्रकाश पुत्र उनी अभिनेत्री मनिषा कोइरालाका भाइ हुन् ।

पाँच वर्षदेखि स्वदेशमै रहेका सिद्धार्थ कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि सुनसरी क्षेत्र नम्बर ४ को मधेसा गाविसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । बाँकी जीवन राजनीतिमा होमेको उनले बताए ।

उनी आठ महिनायता कांग्रेसमा सक्रिय देखिंदै आएका छन् । मधेसामा खसेको एक सय २८ मध्ये सिद्धार्थले क्षेत्रीय प्रतिनिधिमा सबैभन्दा बढी एक सय ६ मत ल्याए ।