‘मेरी बास्सै’का पारखीलाई सुन्तलीकाे अनुहार कस्तो छ भन्नै थाहै छ । मेरी बास्सैमा सुन्तली र अन्य एकदुई भूमिकाबाहेक उनको खास अनुहार पर्दामा खासै आएको थिएन । हालै उनले एक म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जुन उनको ‘खास अनुहार’ हो ।
वसन्त सापकोटाको संगीत, इन्दिरा जोशी र सरोज ओलीको स्वरको ‘आइ लभ यु’ बोलको गीतको भिडियोमा कुञ्जनासँग पल शाहले अभिनय गरेका छन् । धुर्मुस पनि भिडियोमा देखिन्छन् । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् ।
;






