काठमाडौं– मधेसी मोर्चाले नाकामा धर्ना दिन थालेपछि असोज ७ गतेपछि पहिलोपटक बुधबार बिहान ६ बजे रक्सौल नाका भएर सवारी आवतजावत गरेको छ ।
वीरगन्ज भन्सारमा ५ वटा मालवाहक ट्रक आएको छ ।
बिहानको समयमा नाका सुनसान भएको मौका छोपि भारतीय पक्षले ५ वटा गाडी पठाएको हो । यस्तै नेपालतर्फ रोकि राखिएको ५ वटा खाली ट्रक तथा २ वटा जीप भारततर्फ पठाइएको छ ।
पर्साका एसपी राजुबाबु श्रेष्ठका अनुसार नाकामा कोही नभएको बेला उताबाट र यताबाट गाडीहरु पठाइएको हो ।






