काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत मधेसी मोर्चा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई नाका खोल्न आग्रह गरेका छन् ।
महतोलाई टेलिफोन गरि संविधान संशोधन भएको र अन्य विषयमा बसेर छलफल मार्फत सीमांकन र अन्य मागका विषयमा समाधान निकाल्न आग्रह गरेको महतो निकटस्थ स्रोतले जनायो ।
जवाफमा महतोले तत्काल नाका खोल्नेबारे आफुहरुले सोच बनाइनसकेको जवाफ दिएका थिए । महतोले संशोधन मोर्चाको सहमतिमा नभएको र सीमांकन लगायका अन्य विषयमा समाधान हुने विश्वास मुख्य दलहरुले दिलाउन नसकेको बताएका थिए ।






