लण्डन ।
साउथ ईष्ट लन्डनको वीलवीचमा सनराईज सांगीतीक कार्यक्रम हुने भएको छ ।
चर्चित गायीकाहरु इन्दिरा जोशी र सुनीता दुलालले प्रस्तुती दिने उक्त कार्यक्रमको आयोजना बेलायतमा बस्दै आएका युबा समाज सेबी तथा कला प्रेमी प्रकाश राज कँडेल र जीवन अधिकारीले गर्न लागेका हुन । बिभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन गायिका इन्दिरा जोशी तथा सुनिता दुलाल यति बेला लन्डनमा बेस्त छन् । ![sunita-dulal-biography[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/sunita-dulal-biography1.jpg)
वीलवीच स्थित लोटस क्लबमा आउदो फेबु्रअरी एक तारीखको साँझ ६ बजेदेखी सुरु हुने कार्यक्रममा जोशी र दुलालसंगै आएका नृत्य निर्देशक गोवीन्द राई, नायक तथा लोकदोहोरी गायक मधुसुदन थापा लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने बताइएको छ । हेम विष्ट डिजे रहेको उक्त कार्यक्रम संचालन मंजु भण्डारी ले गर्ने छन् भने प्रवेश शुल्क दश पाउण्ड तोकिएको छ ।
आयोजक प्रकाश राज कँडेलले साउथ ईस्ट लन्डनमा ठूलो मात्रामा नेपाली समुदायको बसोबास रहे पनि विशेष खालका सांगीतिक कार्यक्रम नुहने भएकाले स्थानीय जनगुनासोलाई मध्यनजर गर्दै साँगीतिक कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
आयोजकले कार्यक्रममा सहभागी भई सफल पारिदिन बेलायतमा बस्ने सबै नेपाली समुदायलाई आग्रह गरेका छन् ।






