सुरु भयो विद्युत शवदाह, शव जलाउन ४५ मिनेट

sabdahaकाठमाडौँ- पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह सञ्चालनमा आएको छ ।

विद्युत् शवदाह भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरलले आइतबार उद्‍घाटन गर्नुभयो ।

मन्त्री पोखरेलले विश्वका हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथलाई प्रदूषणरहित बनाई कार्बनरहित बनाउन विद्युतीय शवदाह भवनले सहयोग पुग्नुकासाथै सस्तो र वातावरणमैत्री पनि हुने विश्वास व्यक्त गर्नुभयो ।

परम्परागत रुपमा शवको अन्तिम संस्कार गर्दा धुवाँ पशुपतिमा धेरै हुने र गन्ध आउने भएको भन्दै उहाँले पशुपतिलाई पूर्णरुपमा आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्युतीय मेसिनबाट एक शव जलाउन ४५ मिनेटको समय लाग्छ । परम्परागत दाउराबाट शव जलाउन चार÷पाँच घन्टा लाग्दथ्यो । अहिले विद्युतीय शवदाह मेसिन दुई वटा रहेका छन् । यो सस्तो पनि छ । परम्परागतरुपमा रु आठ हजारदेखि १० हजारसम्म लाग्नेमा विद्युत्बाट रु तीन हजार लाग्छ ।

नेपाल सरकारको अनुदानमा पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह भवन निर्माण गरेको हो ।