इन्धन आपूर्ति थप सहज बनाउन गृहकार्यः मन्त्री पुन

ganesh man punनेपालगन्ज- आपूर्तिमन्त्री गणेशमान पुनले मुलुकभरको इन्धन आपूर्ति व्यवस्थालाई थप सहज बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घद्वारा नेपालगन्जमा आयोजित छलफल कार्यक्रममा उहाँले राजनीतिका कारण सिर्जित आपूर्ति समस्यालाई राजनीतिक तहबाटै समाधान गर्न आन्दोलनरत दलसँग वार्ता र छलफल भइरहेको छ भन्नुभयो ।

मन्त्री पुनले हालको वितरण प्रणालीलाई थप व्यवस्थित र सहज बनाउन सम्बद्ध निकायसँग निरन्तर बैठक र छलफल भइरहेको समेत जानकारी गराउनुभयो ।