काठमाडौं- सरकारले विभिन्न देशमा रिक्त राजदूत नियुक्त नगरेकोमा टिप्पणी गर्न थालेका छन् । आन्तरिक मामिलामा मात्र होइन, बाह्य सम्बन्धमा समेत सरकार किन गम्भीर नभएको भन्दै प्रश्न उठाउन थालेका छन् ।
पछिल्लो पटक मंगलबार र बिहीवार सरकारको बोलावटमा भएको कुटनीतिक भेटघाटमा समेत नेपालले मित्र मुलुकहरुमा लामो समयदेखि राजदूत नियुक्त गरेकोबारे अनौपचारिक छलफल भयो। कुटनीतिक जमघटका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री निवास एक दिन बिराएर पुगेका राजदूतहरुले चिया गफमा यो दोहोर्याए, ‘राजदूत जस्तो सामान्य पदमा नियुक्ति गर्न नसेको अवस्था देखिनु गम्भीर हो।’
नेपालीको उल्लेख्य संख्या रहेको कतार करिब तीन् वर्षदेखि राजदूतविहीन छ। साउदी, श्रीलंका, बेलायत, ब्राजिल, ओमान, बहराइन र जर्मनीमा राजदूत पद खाली छ।






