प्रधानमन्त्री ओलीले महतोलाई फोन गरे

kp oliकाठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरी उहाँको स्वास्थ्य स्थितिकाबारेमा जानकारी लिनुभएको छ ।

तराईको आन्दोलनका क्रममा घाइते भई भारतको नयाँ दिल्लीमा उपचाररत अध्यक्ष महतोलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीले जानकारी दिनुभयो ।

तराईमा आन्दोलनका क्रममा विराटनगर–जोगवनी नाकामा धर्नामा बस्ने क्रममा घाइते भएका अध्यक्ष महतो थप उपचारका लागि नयाँ दिल्ली जानुभएको हो ।