लण्डन । आगामी ९ जनवरी रेडिंगमा नेपालका चर्चित कलाकारहरुको जोडदार प्रस्तुति हुँदैछ ।
लोक प्रिय गायिका इन्दिरा जोशी , सुनिता दुलाल , गायक आनन्द कार्की र चर्चित नृत्य निर्देशक गोबन्द राईले ब्रिटिश गोर्खा नेपालिज काउन्सिल द्वारा आयोजित गोर्खा कल्चरल नाइटमा प्रस्तुती दिने भएका हुन ।
गोर्खा कल्चरल नाईटमा नेपालबाट आएका कलाकारहरुसंगै “भूपु लाहुरे” को नायिका “रोमियान वनेम लिम्बु” को उत्कृष्ट नृत्य लगायत स्थानिय कलाकारहरुले पनि साथ दिनेछन् ।
जनवरी ९ मा रेडिंग ,१० मा ग्रेस , १६ मा आसफोर्ड, १७ मा विन्चेस्टर, २३ मा स्वीण्डन, २४ मा लण्डन, २९ मा ननिटन, ३० मा बेजिंगस्टोक र ३१ मा स्कट्ल्यान्डमा कार्यक्रम हुनेछन ।
गोर्खा कल्चरल नाइट कार्यक्रमको आयोजक ब्रिटिश गोर्खा नेपालिज काउन्सिल बेलायती सेनामा गोर्खाले सेवा गर्न थालेको दुई सय वर्ष पुगेको अवसरमा हालसालै स्थापना गरिएको हो । एकराज नेम्वांगको नेतृत्वमा रहेको यो काउन्सिलले नेपाली भाषा, साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेलकुदलाई बेलायतसहित विश्वका अन्य भागमा समेत प्रबद्र्धन गर्न लक्ष्य लिएको छ ।
कार्यक्रम विवरण :
Gurkha Cultural Night 2016 9th Jan 2016 ( Saturday)
The Warehouse, 1a-Cumberland Road, Reading-UK, RG1 3LB
टिकट :
Adult: £12 only
Children under 15 :only £8
Children under 10 : free entry






