रुपन्देही- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मेडिकल शिक्षाको विषयमा तत्काल सरकारले केही निर्णय नगर्ने बताउनुभएको छ ।
उहाँले मेडिकल कलेजले पढाउने विषयमा पहिलेको सरकारले गरेका निर्णय कार्यान्वयन नगर्दासम्म नयाँ विषयमा छलफल नहुने बताउनुभयो ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) रुपन्देहीले मङ्गलापुरमा आयोजना गरेको शैक्षिक बहसमा बोल्दै मन्त्री पोखरेलले पहिलेको सरकारले रु ३५ लाखमा र किस्ताबन्दीमा भर्ना गर्ने निर्णयलाई कार्यान्वयन गर्दा अप्ठ्यारो परेमात्र नयाँ ढङ्गले सोच्च सकिने उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो “म मन्त्री हुनसाथ मेडिकल सञ्चालक आएका छन् । तर तत्काल अघिल्लो सरकारले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ, । अनि समस्या आएपछि मात्र नयाँ छलफल हुन्छ । शिक्षा विधेयक सहमतिका आधारमा पारित गरिन्छ ।”






