लण्डन । लोक प्रिय गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक गरिएको छ ।
“सुन्दर रामेछाप” बोलको गीतमा मोडेल सुसान्त कार्की संगै अन्य कलाकारहरु गीतमा देखिएका छन् ।
सार्वजनिक गीतमा गायक कटुवाल कै एकल स्वर र शब्द रहेको छ । उनले उत्कृस्ट लय तथा शब्द सृजनामा आफ्नो गाउँ ठाउको मायालाई शब्द र स्वरमा सजाई संगीतको मालामा उनेर बजारमा सार्वजनिक गरेका छन् ।भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन ।
ढाडे बिरालो, चोर बिरालो पल्क्यो, रक्सीको गन्धलगायतका चर्चित गीत तथा म्युजिक भिडियो श्रोताले खुब रुचाएका थिए ।विगत १३ वर्षदेखि लोकगीतका क्षेत्रमा सक्रिय कटुवाल आफूले दर्शक तथा श्रोताका लागि विशेष गरी कमेडी टाइपका गीत तथा म्युजिक भिडियोलाई प्राथमिकता दिएको बताउँछन् ।
तस्विर्:फ्री नेपाली सङ







