काठमाडौं– भारतीय नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थको हाहाकार जारी रहँदा मित्रराष्ट्र चीनले पुनस् यसअघि कै परिमाणमा इन्धन अनुदान दिने भएको छ ।
आफ्नो पाँच दिन चीन भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री कमल थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन् । चीनले दिने अनुदान १० मिलियन आरएमबीको हुने र त्यो यसअघि उसले दिएको १३ लाख लिटर बराबर ने हुने थापाले जानकारी दिए ।
चीनले यसअघि पनि नेपाललाई यति नै मात्रामा इन्धन अनुदान दिएको थियो ।
परराष्ट्रमन्त्री थापाले ०१६ को सुरुतिरै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने कार्यक्रम बनेको पनि बताए । नेपालले चीनसँग पेट्रोलियमको कारोबारको सम्झौता पनि प्रधानमन्त्रीकै भ्रमणमा हुने उनले बताए ।






