काँग्रेसले प्रक्रियामा जोड गर्ने

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रक्रियामा गएर भए पनि संविधान ल्याउने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेका पदाधिकारीको बैठकले माघ ८ मै संविधान ल्याउन संविधानसभा नियमावलीमा भएका केही प्रावधानलाई निलम्वन गर्नका लागि सभामुख सुवास नेम्वाङलाई सुझाव दिने निर्णय गरेको हो ।
सहमतिको प्रयास यथावत राख्दै माघ ८ मा संविधान ल्याउन नियमावली प्रक्रियालाई छोट्याउनका लागि आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखलाई उक्त सुझाव दिने निर्णय भएको उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो । एमाओवादीले आन्दोलन घोषणा गरिसकेको अवस्थामा काँग्रेसले सो निर्णय गरेको छ ।