३५ किलो सुनबारे छानबीन गर्न निर्देशन

संसदको सार्वजनिक लेखा समितिले ३५ किलो सुनको कमिसनबारे छानबीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सुन तस्करीमा संलग्न व्यक्तिबारे सूचना दिएवापत पाउनुपर्ने ३५ किलो सुनको कमिसन नपाएको भन्दै सुराकीले गरेको उजुरीमाथि सुनुवाई गर्दै लेखा समितिले यस्तो निर्देशन दिएको हो ।
सुराकीले ३५ किलो सुन पक्रन सूचना दिएपनि कमिसन नपाएको भन्दै अख्तियारमा उजुरी दिएका थिए । तर, अख्तियारले चासो नदिएको भन्दै उनीहरुले लेखा समितिमा निवेदन दिएका थिए । लेखा समितिका सभापति जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले सुन तस्करी र कमिसनबारे नियम कानूनमा परिवर्तन गर्नुपर्ने भए सो प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन गरेको छ । समितिले गृहमन्त्री वामदेव गौतमसँग यसबारे सोधपुछ गर्दै ३५ किलो सुुनको कमिसनकाण्डमा प्रहरी पनि तानिएकाले छानविन गर्न निर्देशन दिएको हो ।