लन्डन- एक नेपाली युवा बेलायतमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।
दोलखाका २५ वर्षीय प्रकाश कोइरालाले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित मानिने वित्तीय क्षेत्रको एक महत्वपूर्ण फाइनान्सियल एजुकेसन अवारनेस अवार्ड पाएका हुन् । उनलाई चाइल्ड एण्ड युथ फाइनान्स इन्टरनेसनल नामक संस्थाले अवार्ड दिएको हो ।
बिहीबार लण्डनस्थित बेलायतको संसद (हाउस अफ लर्डस) मा आयोजित एक विशेष समारोहमा कोइरालालाई सो अवार्ड प्रदान गरिएको हो ।
विश्वका १ सय ५८ देशका हजारौं प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम तीनमा छानिएका कोइराला लण्डनमा भएको अन्तिम चरणको राउण्ड टेबल छलफलमा पनि उत्कृष्ट ठहर भएका हुन् ।






