काठमाडौँ- संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा. अयोधीप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सभामुख ओनसरी घर्तीले परिषद्को बैठकले डा यादवलाई प्रमुख आयुक्तमा सिफरिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सप्तरी प्रशवनी गाविस बलौनीका यादव हाल आयोगको कार्यबाहक प्रमुख आयुक्त हुनुहुन्छ ।






