थापाको जवाफ नेपाल फर्केपछिः महन्थ

mahantha thakurकाठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले ‘भारतलाई आश्वस्त गराएको राजनीतिक रोडम्याप’ बारे काठमाडौं फर्केपछि जवाफ दिने बताएका छन् ।

नयाँ दिल्लीमा रहेका ठाकुरले पत्रकारहरुसँग कुरा गर्दै रोडम्याप अध्ययन गरेर ‘शुक्रबारभित्र’ मोर्चाको धारणा प्रस्ट पारिने बताएका छन्। साताअघि दिल्ली आएका थापाले ‘राजनीतिक रोडम्याप’ भन्दै भारत सरकारलाई तीनबुँदे प्रस्ताव अवगत गराएको जानकारी मोर्चाका नेताहरूले पाएका छन्।

ठाकुरले बुधबार काठमाडौं फिरेर मन्त्री थापाले काठमाडौं र दिल्लीमा बहसमा ल्याउन चाहेको तीनबुँदे अवधारणाबारे अध्ययन गरिने र शुक्रबारभित्र मोर्चाको धारणा सुनाइने बताए।