विषाक्त कुकुरको मासु खाँदा…

In this photo taken on Tuesday, Aug. 12, 2014, an employee of Daegyo, the dog meat restaurant, shows a dog meat before serve to customers at a restaurant in Seoul, South Korea. Daegyo, the famous dog meat restaurant she opened in a Seoul alley in 1981, will serve its last bowl of boshintang, or dog stew, on Friday, a reflection of the challenges facing a trade that is neither legal nor explicitly banned under South Korean laws governing livestock and food processing. (AP Photo/Lee Jin-man)

नोमपेन (कम्बोडिया)- विषाक्त कुकुरको मासु खाई तीन जना कम्बोडियाली नागरिकको मृत्यु भएको छ ।

उक्त विषाक्त मासु खाँदा बिरामी परेका ३१ जना कम्बोडियाली नागरिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

एक जना वृद्ध, उनकी बुहारी र उनीहरुका एक जना छिमेकीको विषाक्त मासु खाएपछि आइतबार विहान मृत्यु भएको प्रहरी प्रमुख कङ किमीले बताउनुभएको छ । उनीहरुको मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको बताइएको छ ।

मृतक वृद्धले बजारबाट किनेर ल्याएको उक्त मासु दूषित परेपछि मासु खाने तीनै जनाको मृत्यु भएको थियो ।

यसैबीच मृतकहरुको अन्तेष्ठीमा उपस्थित भएका अरू गाउँलेले पनि बाँकी उक्त दूषित मासु खाएको र मासु खाएका कारण सहभागी सबै बिरामी परेको प्राप्त समाचारमा उल्लेख छ ।

मासु खाएपछि शरीरमा आलस्यता तथा रिङ्गटा लागेपछि उनीहरुका आफन्तले बिरामी सबैलाई अस्पताल पु¥याएको जनाइएको छ ।

बिरामीमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।