सनी लियोनी रेट बढाउँदै

Sunny-Leone-HD-images-20क्यानेडियन पोर्नस्टार तथा बलिउड नायिका सनी लियोनीले आफ्नो रेट बढाउने भएकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार सनीले फिल्ममा काम गरेबापतको आफ्नो पारिश्रमिक बढाउन लागेकी हुन्।

सनीको फिल्मका प्रशंसक भारतका अलावा अन्य देशमा पनि निकै छन्। यसैले विभिन्न देशमा हुने कार्यक्रममा सनीको माग राम्रै छ। हालैमात्र अमेरिकाको लस एन्जलसमा भएको एक स्टेज शोमा पनि सनीको माग थियो। जसको टिकट दर नै १५ सय डलर थियो। कार्यक्रममा सनीलाई हेर्नका लागि हल खचाखच भरिएको थियो भने टिकट ब्ल्याकमा समेत बिक्री भएको थियो। उक्त शो सफल भएपछि सनीले बलिउड फिल्ममा खेलेबापतको रेट पनि बढाउने भएकी छिन्।

सनीको पछिल्लो फिल्म एक पहेली लीला फ्लप भएको थियो। यसका बाबजुत उनलाई कतारबाट समेत अफर आएको समाचारमा जनाइएको छ। उनको तीन फिल्म रिलिजका लागि तयार छन्। भारतीय निर्माता भने सनीको पोर्न इमेजको द्विअर्थी संवाद र अंग प्रदर्शनलाई प्रस्तुत गर्ने कोशिसमा रहेका छन्। सनीले यही कुरा बुझेरसमेत आफ्ना सर्तहरुका साथ रेट बढाउने तयारी गरिरहेको समाचारमा चर्चा गरिएको छ।