नेटोद्धारा अफगान युद्ध सकिएको घोषणा

अफगानिस्तानको राजधानी काबुलस्थित आइतबार अपराह्नमा नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) सैनिकले एक समारोहबीच औपचारिक रुपमा अफगान यद्ध सकिएको घोषणा गर्ने  भएको छ । नेटो सैनिक तालिवानी आतङ्ककारीले १३ वर्षसम्मको जारी राखेको भिषण द्वन्द्व, हत्या हिंसापछि फर्किन लागेका छन् ।
राजधानी काबुलमा हुन गइरहेको सो समारोह तालिवानी आतङ्ककारीको आक्रमणका धम्कीको कराण गोप्यताकासाथ हुने पनि बताइएको छ । हालका वर्षहरुमा तालिवानी आतङ्ककारी समूहले बारम्बार नेटो र अफगान सुरक्षाबललाई लक्ष्यगरी आत्मघाती  बम आक्रमण र गोली प्रहार गर्ने गरेका छन् । अफगान युद्धको क्रममा अफगानिस्तानमा २००१ देखि हालसम्म नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल (आइएसएएफ) का तीन हजार ४८५ सैनिकले ज्यान गुमाए बताइएको छ ।
सन् २०१५ को जनवरी १ देखि १२ हजार ५०० जतिको सङ्ख्यामा बाँकी रहने नेटो सैनिकको भूमिका रणस्थलको अग्रपङ्क्ति योद्धाको रुपमा नरही तालिम प्रदायक वा सहजकर्ताको रुपमा रहनेछ । आतङ्कवादी विरुद्ध हातहतियार उठाई रणभूमिमै खटिई लड्न नजाने तर अफगानी सुरक्षा शक्तिलाई तालिम दिने, युद्धकला सिकाउने, सैन्य मनोबल बढाउने र मुलुकमा शान्ति बहाल नरहेसम्म अन्य सबै खाले सामरिक सहयोग गर्न निरन्तर कायमै राख्ने गरी अमेरिका र अफगानिस्तानबीच केही अघि सम्पन्न भएको द्वीपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेटो गठबन्धनसँग आवद्ध विभिन्न राष्ट्रबाट आएका नेटो सैनिक सन् २०११मा सवभन्दा उच्च सङ्ख्यामा रहेका थिए । सो बखतमा करिब एक लाख ३० हजार नेटो सैनिक अफगानिस्तानमा युद्धरत  रहेका थिए । नेटोका एक अधिकारीकाअनुसार काबुलस्थित आइएसएएफका प्रमुख कार्यालयमा कमाण्डर जनरल जोन क्याम्पबेलवको नेतृत्वमा आइतबार अपराह्न  अफगान युद्ध अन्त्यका समारोह हुने छ । सुरक्षाको कारण अरु विस्तृत विवरण भने नदिइएको सुरक्षा स्रोतले जनाइएको छ ।