काठमाडौं- राहदानी विभागले द्रुत सेवाअन्तर्गत ५ दिनमै राहदानी उपलब्ध गराउने भएको छ । द्रुत सेवा बेलायतसहितका नियोगमा पनि सुरु गर्ने तयारी भइरहेको छ ।
महानिर्देशक लोकबहादुर थापाका अनुसार प्रत्यक्ष दर्ता प्रणाली सर्वसाधारणका लागि एक सातापछि खुल्ला गरिने भएको छ । पहिलो चरणमा आवेदनको व्यवस्था खुला राखिए पनि एक महिनापछि हटाइने उनले जानकारी दिए । प्रत्यक्ष दर्ताका लागि विभागमा ९ र नियोगहरूमा ४१ वटा केन्द्र राखिने छन् ।
सरकारले उक्त प्रणाली २ वर्षयता लागू गर्ने तयारी गरिरहेको थियो । मलेसिया, साउदी अरब (रियाध र जेद्दा), कुवेत, कतार, यूएई, अमेरिका (वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा नयाँ प्रणाली सुरु हुनेछ ।






