काठमाडौं- विवादबीच एनआरएन अध्यक्ष शेष घलेले विभिन्न पदमा मनोनयन गरेका छन् । मनोनयनविरुद्ध अधिकांश पदाधिकारी तथा सदस्यले हस्ताक्षर अभियान चलाइरहेकाबेला अध्यक्ष घलेले संस्थाको लेटरप्याडमा मनोनयन सार्वजनिक गरेका हुन् ।
घलेले कतिपय हालेका व्यक्ति र श्रीमतीलाई मनोनयन गरेको भन्दै विवाद भएको छ । अन्त्राष्ट्रिय सम्मेलनपछिको पहिलो बैठकमा उनले प्रस्तुत गरेको नाममा उपाध्यक्ष कुमार पन्त, महासचिव बद्रि केसी, सचिव अर्जुनकुमार श्रेष्ठलगायतले विरोध गरेका थिए ।
घलेले गैरआवासीय नेपाली संघको प्रमुख संरक्षकमा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछानेलाई मनोनयन गरेका छन् । संघको अन्तराष्ट्रिय समन्वय परिषद्को गत १५ नोभेम्बरका दिन बसेको वैठकले संस्थाका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार तथा अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरु मनोनयन गरिएको छ ।
घलेले संरक्षकहरुमा कुलचन्द्र गौतम, इन्द्रा वन, डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनयन गरे ।
घलेले सल्लाहकारमा डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआर्दश पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ, दीपक खड्का, पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्प थापा र एकनाथ खतिवडालाई सल्लाहकार मनोनयन गरेका छन् ।
१५ जना मनोनित आईसीसी सदस्यमा अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचन र खगेन्द्र जिसी नियुक्त हुनुभएको छ भने एसिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री । यसैगरी युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा र जानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरके शर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री छन् । तीमध्ये जमुना, अध्यक्ष घलेकी श्रीमती हुन् ।
गत महाधिवेशनमा महासचिवमा पराजित रञ्जु थापा वाग्ले प्रवक्ता भएकी छन् ।






