काठमाडौं- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को बाध्यकारी नियमअनुसार हस्तलिखित पासपोर्ट सोमबारदेखि विश्वभर नचल्ने भएको छ ।
आइकाओको बाध्यकारी नियमअनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात् हातले लेखेको पासपोर्ट उपयोगमा ल्याउन पाइँदैन । सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्ष दर्ता (लाइभ इनरोलमेन्ट) प्रणाली लागू गर्ने भएको छ ।
छ महिना अघिदेखि नै कतिपय मुलुकले हस्तलिखित पासपोर्टमा भिसा नदिई मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० माग गर्दै आएका छन् । म्याद र भिसा दुवै भएको हस्तलिखित पासपोर्टलाई पनि तत्काल एमआरपी बनाउन विभागले आग्रह गरेको छ ।
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार विदेशमा रहेकालाई सिधा उडानमा स्वदेशमा फर्कन भने समस्या हुँदैन । तर, ट्रान्जिटमार्फत आउँदा हस्तलिखितमा समस्या पर्न सक्छ ।






