प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

KP-Oliकाठमाडौं- मधेसमा जारी आन्दोलनका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रमुख राजनीतिक दलको बैठक बोलाएका छन् ।

मधेस आन्दोलन र नाकाबन्दीका कारण देखिएको सङ्कटबारे छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलको बैठक बोलाएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

देशमा देखिएको समस्या समाधानका लागि प्रमुख दलको समान धारणा बनाउने उद्देश्यले आइतबार साँझका लागि बैठक डाकिएको हो ।