काठमाडौं- विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले वर्तमान सङ्कटमा देशको राष्ट्रिय स्वाभिमान बेचिने गरी कुनै सम्झौता नहुने बताएका छन् ।
ललितपुरमा शनिबार भएको एक कार्यक्रममा राष्ट्र, राष्ट्रियता, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने कुनै पनि कुरामा सरकारले सम्झौता नगर्ने बताए ।
‘हिमालबाट आएको एक थोपा पानी खाएर पनि बाँच्न चाहन्छौँ तर राष्ट्रिय स्वाधीनता बेच्न चाहदैनौं र बेच्दैनौं, मन्त्री पासवानले भने, ‘राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै हामी हाम्रो देशभित्रको समस्या समाधान गर्छौ, यसमा सरकार लागिरहेको छ ।’
अब सबै नेपालीले घर घरमा साइकल चलाउने र घरघरमा धुँवारहित चुलोको प्रयोग गर्ने अभियान चलाउनुपर्नेमा जोड दिँदै मन्त्री पासवानले घर घरमा सौर्यऊर्जाको व्यवस्था गरेर उज्यालोमैत्री शिक्षाको व्यवस्था गर्न सरकार लागिपरेको बताए ।






