काठमाडौं । जापानको एक नेपाली रेस्टुरेन्टमा कार्यरत गुल्मेलीको मृत्यु भएको छ । गुल्मी जिल्ला रूपाकोट गाविस वडा नम्बर १ स्थाई घर भई हाल जापानको गुन्माकेनस्थित पानस रेष्टुरेन्टमा कार्यरत रमेश भण्डारीको बिहीवार बिहान मृत्यु भएको हो ।
भण्डारीको मस्तिष्क घातका कारण मृत्यु भएको बताइएको अस्पातलले बताएको छ । करिब ३ वर्ष अगाडि जापान अाएका भण्डारी ७ महिनादेखि पानस रेस्टुरेन्टमा कार्यरत थिए । मृतक भण्डारीका नेपालमा ९ र ११ वर्षको दुइ छोराहरू र श्रीमती छन् । मृतकको शव जलाउनको लागि तयारी गर्दै गरिएको कुरा गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो ।
source:gulminews.com







