काठमाडौं, कार्तिक २७ । अमेरिकाले सिरियाको रक्का सहरमा इस्लामिक संगठन (आइएस)का चर्चित कार्यकर्ता जिहादी जोनमाथि आक्रमण गरेको छ ।
बेलायती नागरिक जिहादी जोनलाई आइएसले अपहरित व्यक्तिको शीर छेदनका लागि प्रयोग गर्ने गरेका थिए ।
रक्का सहरमा उनी रहेको सुराकीको आधारमा अमेरिकी आक्रमण भएको हो । हमलामा उनी मारिए वा मारिएनन् भन्ने पुष्टि भएको छैन ।
बेलायती नागरिक जिहादी जोनले पछिल्लो समय अमेरिकी पत्रकार जेम्स फोलीको शीर छेदन गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएपछि अमेरिकाले उनको व्यापक खोजी गरेको थियो ।
जिहादी सन् २०१३ मा आइएसमा आबद्ध भएका थिए । (एजेन्सी)






