एनअारएनमा कुन पदको लागि कसको उमेदवारी ?

काठमाडौं, २७ असोजNRNA-image1[1] । गैर आवासायिय  नेपाली संघमा उमेद्वारी दर्ता गराउने समय मंगलबार दिउसो २ बजेबाट सकिएको छ। गैरआवासीय नेपाली संघको निर्वाचन कार्यालयका अनुसार अध्यक्ष पदको लागि तिनजना उम्मेद्वारको दाबेदारी रहेको छ।
निर्वाचन कार्यालयका अनुसार अध्यक्ष पदको लागि रतनकुमार झा , शेष घले र टेक बहादुर कार्कीले उम्मेद्वारी दर्ता गराएका हुन्। शेष घले अहिले पनि  गैर आवासिय संघ नेपालका अध्यक्ष हुन्। उनले दोस्रो पटक पनि अध्यक्ष पदको दाबी गर्दै उमेदवारी दर्ता गराएका छन्।
असोज २८ मा सम्पन्न हुने निर्वाचनको लागि अफ्रिकाको उपसंयोजक पदमा बाहेक सबै पदमा उम्मेद्वारी दर्ता भएको छ भने केही पदमा  निर्विरोध पदाधिकारी  निर्वाचित भइसकेका छन्।
गैर आवासीय  नेपाली संघमा ४ जना  पदाधिकारी निर्विरोध निर्वाचित भएका  हुन्। निर्वाचन समितिका अनुसार युरोपको संयोजक पदमा कुल आचार्य, अफ्रिका संयोजक सुनिल कार्की, युवा उपसंयोजक लोकराज शर्मा र महिला संयोजकको रुपमा सपिला राजभणडरी निर्बिरोध निर्वाचित भएका  हुन्।
त्यस्तै गैर आवासीय  नेपाली संघको उपाध्यक्ष पदको लागि भने भवन भट्ट, खगेन्द्र क्षेत्री, कुमार प्रसाद पन्त, लक्ष बहादुर गुरुङ, नरेन्द्र बहादुर भाट र शम्शेर सिंह थापाले उमेदवारी दर्ता गराएका छन्। भवन भट्ट अहिले पनि उपाध्यक्ष पदमा कार्यरत छन्। महासचिवमा भने बद्री केसी, पुष्पराज तिमिल्सिना, पुष्प थापा र रञ्जु थापाले उम्मेद्वारी दर्ता गराएका छन्।
सचिव पदको लागि अर्जुन कुमार श्रेष्ठ, धरम बहादुर के सी, गणेश केसी, सुरेन्द्र बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयका अनुसार कोषाध्यक्ष पदको लागि  भैरव प्रसाद ढकाल, चिरञ्जीवी थापा हिक्मत बहादुर थापा, राजेन्द्र सिवाकोटी र यम कुमार गुरुङले उमेदवारी दर्ता गराएका छन्।
एसिया संयोजक पदमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ। गंगाराज राई, किरण विक्रम थापा,सोमचाई क्षेत्रीले एसिया संयोजकको लागि उम्मेद्वारी दर्ता गराएका छन्। एसियाकै उपसंयोजकको रुपमा भवानी शंकर तिवारी, कृष्ण प्रसाद पाण्डे र रोविन्द्र प्रसाद श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन्।
अमेरीकाको संयोजक पदमा भने रामचन्द्र खरेल र सोनाम लामाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। अमेरीकाकै उपसंयोजकको रुपमा आङ्गछिरिङ शेर्पा, बिनोद के सी, शिब कुमार राईले उम्मे द्वारी दर्ता गरेका छन्।
मध्यपुर्वको संयोजकको रुपमा डम्बर बहादुर क्षेत्री र झम्क प्रसाद सापकोटाले उमेदवारी दर्ता गराएका छन्। उपसंयोजकको पदमा धर्मराज गिरी, कल्याण कुमार श्रेष्ठ र उमेश अधिकारीले आफ्नो उम्मे द्वारी दर्ता गराएका छन्।
युरोपको संयोजकको रुपमा कुल आचार्य निर्बिरोध बिजय भएको भएपनि उपसंयोजकको रुपमा भने ५ जनाको दाबेदारी रहेको देखिन्छ। निर्वाचन कार्यालयका अनुसार यु्रोपको उपसंयोजकको पदमा दावा गेल्जे शेर्पा, हेमन्त शेढाई, प्रेम बहादुर गुरुङ  , शिव कुमार बरुवाल , सुवास पोखरेल र थर्क बहादुर सेनले उम्मेद्वारी दर्ता गराएका छन्।
त्यस्तै ओसनियाको संयोजकको रुपमा भोमा देशी लिम्बु र महेन्द्र कुमार लम्सालले उम्मेद्वारी दर्ता गराएका छन्। अफ्रिकाको संयोजकको रुपमा सुनिल कार्कि निर्बिरोध निर्वाचित भएका  छन् भने उपसंयोजकको पदको लागि भने कुनै उम्मेद्वारी दर्ता भएको छैन।
त्यस्तै युवा संयोजकको पदमा बिजय पोखरेल, फणिन्द्र पन्त , कृष्ण गिरी, निर्मल अर्याल र निरञ्जन प्रसाईले उम्मेद्वारी दर्ता गराएका छन्।
युवाको उपसंयोजकको रुपमा लोकराज शर्मा र महिला संयोजको  पदमा उम्मेद्वारी दर्ता गराएकी सपिला राजभण्डारी भने निर्बिरोध निर्वाचित भएका छन्। तर महिला उपसंयोजकको पदमा भने भगवती बस्नेत र रजनी प्रधानले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी गराएको छ।