एनआरएन महाधिवेशन सुरु, कुन पदमा कसको उम्मेदवारी?

एनआरएन महाधिवेशन सुरु, कुन पदमा कसको उम्मेदवारी?काठमाडौं २७ असाेज । गैरआवासीय नेपाली संघ (एनआरएन) को महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ पदाधिकारी चयन गर्नेछ।

बुधबार मध्यान्हसम्म चुनावमा मतदान गर्ने १ हजार प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। नाम दर्ता गराउने क्रम अहिले पनि जारी छ।

निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता गराउने काम सकिएको छ। केही समयभित्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने समितिले उल्लेख गरेको छ।

शेष घलेद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी
नागरिकन्युजलाई प्राप्त जानकारीअनुसार अध्यक्षमा तीन उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका उम्मेदवारी दिएका छन्। यसैगरी टिबी कार्की र रतन झाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन्। कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसीले पनि सो पदमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

महासचिव पदका लागि पुष्पराज तिमल्सिनाले उम्मेदवारी दिएका छन्। डा. बद्र केसी, पुष्प थापा र रञ्जुले पनि सो पदमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी सचिव पदमा सुरेन्द्र श्रेष्ठ, अर्जुन श्रेष्ठले उम्मेदवारी दिएका छन्। गणेश केसी र सन्तोष भट्टराईको उम्मेदवारी पनि सोही पदमा परेको छ।

कोषाध्यक्ष पदमा हिक्मत थापाको उम्मेवदवारी परेको छ। अफ्रिकामा एनआरएन स्थापना र विस्तारमा योगदान गरेका उनीसँगै चिरञ्जीवी थापा र त्रिलोक गुरुङले प्रतिस्पर्धा गर्ने भएका छन्।

एशिया प्यासिफिक संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित

यसैगरी एनआएरनको युरोप, अमेरिका, अष्ट्रेलिया हेर्ने क्षेत्रीय संयोजक पदमा पनि उम्मेदवारी परेको छ। एशिया तथा प्यासिफक क्षेत्र हेर्ने संयोजकमा कुल आचार्यको एक मात्र उम्मेदवारी परेकाले उनी सो पदमा निर्विरोध निर्वाचित भएका छन्।

एनआरएन सम्मेलनमा भोलि मतदान हुने अपेक्षा गरिएको छ। पर्सीदेखि सम्मेलनको विशेष सत्र सुरुहुनेछ।

12167160 10153112079358639 1428565741 n

12167376 10153112079563639 1903616942 n

12168140 10153112079833639 541763313 n