तपाई तरकारीमा भान्टाको तरकारी कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान सुरु गर्ने गर्नुहोस् । किनकी भान्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो । भान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ । शरीरमा आइरन बढाउन मात्र होइन भान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ । रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुयौउने भान्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ । अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भान्टाले तपाईलाई सहयोग गर्छ । भान्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ । चुरोटका अम्मलीले नियमित भान्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ ।
भान्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ । पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भान्टामा पानीको मात्रा समेत धेरै हुन्छ । जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ ।
मधुमेहको रोगीका लागि समेत भान्टा उपयोगी हुन्छ । फाइबरको मात्रामा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यसले मद्धत गर्छ ।
मधुमेह भएकाहरुलाई भान्टा अझ बढी प्रभावकारी हुन्छ र कपाल झर्ने समस्यालाई समेत भान्टाको सेवनले कम कपाल झर्नको लागि सहयोग पुराएको हुन्छ । –एजेन्सी
भान्टा खानुस फाईदा कमाउनुस







