बुढेसकालमा आफ्नै बानी चित्त बुझेन

गगनशिला खड्का
गुल्मी ४ पुस । गाउँका तरकारी केलायो, फोहोर फाल्यो, दाउरा काट्यो यत्रतत्र राख्यो यो सामान्य कुरा हो । केही कसैले पनि प्रकृया मिलाएर फोहरको व्यस्थापन गर्दैन । तर गुल्मी भार्सेकी मधु गलामीलाई भने आफ्नो त्यहि बानी सँझेर अचम्म लाग्छ । आफ्नो ३५÷४० वर्षसम्म गरेको बानी सम्झेर आफैलाई फोहरी जस्तै मान्ने गलामीले आजभोली शहरीयाले झैँ भान्साबाट निस्कने फोहर व्यवस्थापन गर्न थालेकी छन् । ‘गाउँमा त के मतलव हुन्छ र तरकारी काट्यो, निस्केको फोहर एउटा कुनामा राख्यो, दाउरा काट्यो अर्को कुनामा थन्कायो ।’ – उनले भनिन् ‘ तर अहिले सम्झँदा आफैलाई हाँसो लाग्छ, जताततै फोहर देखिने त्यसै त रहेन छ । हाम्रै बानीले पो रहेछ । ’ उनलाई यसरी दैनिक आनीबानी परीवर्तन गरेमा पनि सफा सुग्घर हुन सिकाएका हुन जिल्ला विकास समिति अन्र्तगत पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले ।
फोहर हुने मात्र होईन आनीबानीका कारण हुने फोहोरले स्वास्थ्यमा पु¥याईरहेको असरका बारेमा सुन्दा अचम्म मानेका गाउँलेहरु आजभोली भान्सा र घर सफा राख्न आफ्नै बानीमा परीवर्तन ल्याएका छन् । उनीहरु । परीयोजनाका कार्यकर्ता गाउँमै पुगेर आनीबानी परिवर्तन सम्बन्धी तालिम दिएपछि उनीहरुमा आफ्नै व्यवहार परीवर्तन गर्न जाँगर आएको हो ।
तालिमका क्रममा खाना बनाउँदा निस्कने फोहोरमैलाको पनि व्यवस्थापन गर्नुपर्दछ र त्यसलाई उचित स्थानमा लगेर फ्याक्नु पर्दछ भन्ने सुन्दा गलामी जस्तै भार्सेका गृहणीहरु सामान्य कुरा भन्दै हाँसे । तर घरमा पुगेर सामान्यतया व्यवहार परीवर्तन गरेपछि परीवर्तन भएको सरसफाईले भने उनीहरुलाई आफ्नै पहिलाको बानी सम्झेर हाँसो उठ्यो । गर्न सकिने सामान्य कुरा पनि अल्छि र हेलचेक्र्याईँ गरेर पूरा नगर्दा घरमा फोहरमैला बढेको भन्दै उनीहरुले आफ्नो आनीबानी परीवर्तन गरेर घर, गोठ, चुलो, आँगन सफा राख्न थालेका छन् । shirjana
हात कसरी धुने, घर वरीपरी सफा कसरी राख्ने, फोहरको व्यवस्थापन कसरी गर्ने लगायतका आफुले ४ कक्षामा पढेको कुरा अहिले मान्छे भेला पारेर सिकाउँदा गिज्याउँदैँ थिए भार्से गाविस वार्ड नं ७ का वडा नागरिक मञ्चका संयोजक निम बहादुर थापा । स्कुले जिवनमा पढेको कुरा बुढेसकालमा फेरी सिक्नु पर्दा उनलाई जाँगर चलेको थिएन । तर सिक्नै पर्ने बाध्यताका कारण प्रशिक्षणमा सहभागी भएका थिए ६९ बर्षिय थापा । भार्सै माध्यमिक विधालयका पुर्व प्रधनाध्यापक समेत रहेका थापाले जति पढेपनि व्यवहारमा लागु नगरेपछि त्यस्तो शिक्षाको कुनै अर्थ नहुने बताए । ‘मैले चार कक्षामा पढेको थ्ये, फेरी त्यही सिक्न परेको छ,लाज लागीरहेको छ ।’– उनले भने ।
सन् २०१५ सम्ममा गुल्मी जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सरसफाई सम्बन्धी कार्यक्रमहरुलाई गाउँ गाउँमा पु¥याएको परियोजनाले भार्से मात्र होईन गुल्मी जिल्लाका अधिकांश गाविसमा सरसफाईका लागि आनीवानी परीवर्तको तालिम सञ्चालन गरेको छ । आफ्नो बानीका कारण स्वास्थ्य समस्यावाट ग्रसित भएको पत्याउन मुस्किल मान्ने यहाँका स्थानीय अहिले भने आनीबानीमा सुधारमा लागेका छन् । प्रत्येक व्यक्तीको आनीबानीमा सुधार ल्याई सरसफाई र स्वच्छतालाई दिगो बनाउन परियोजना लागि परेको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका सल्लाहकार सम्भु शाहले बताए । स्थानिय बासिन्दालाई प्रतिबद्ध बनाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न सघाउनु र व्यक्तीगत सरसफाईमा ध्यान दिन सिकाउनु परियोजनाको उदेश्य रहेको उनले बताए ।

गुल्मीको पुर्बी क्षेत्रका खुल्ला दिशामुक्त गाविस घोषणा हुन बाँकी रहेका गाविसमा सञ्चालन गरेको आनीबानी परिवर्तन प्रशिक्षणमा सहभागी अधिकांश व्यक्तीले आफ्नो आनीबानीमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । फिल्ड संयोजक कृष्ण विश्वकर्मा र स्वास्थ्य प्रबद्र्धक सृजना खड्काले भार्से गाविसका स्थानियलाई सरसफाईमा पुर्ण हुन प्रतिबद्ध बनाएका हुन् ।
विभीन्न गाविसका सचिव, उपस्वास्थ चौकि प्रमुख,वडा नागरिक मञ्चका संयोजक, महिला स्वयसेविका लगाएतलाई यो तालिम दिईएको छ । तालिममा सहभागीले गाविसलाई छिट्टै नै खुल्ला दिशामुक्त बनाउने लिखित प्रतिबद्धता व्यक्त गरेका परियोजनाका फील्ड संयोजक सीता भुसालले बताईन । गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न मात्र नभएर निरन्तर आनिबानीमा परिवर्तन गरी सरसफाई र स्वच्छतालाई दिगो बनाउन तालिमले प्रेरणा प्रदान गरेको रिमुवा गाविसकी महिला स्वयसेविका पुर्णकला रेगामीले बताइन ।