सेप्टेम्बर ३० सम्म नामावली नपठाउने समितिलाई एनअारएनले महाधिवेसनमा भाग लिन नदिने

NRNA-image1[1]लन्डन ।  समयमै नामावली नपठाउने राष्ट्रिय समितिलाई गैर अावासीय नेपाली संघ (एनअारएन)ले आगामी महाधिवेसनमा भाग लिन नदिने तयारी गरेको छ । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौ
मा हुने सातौ राष्ट्रिय सम्मेलनमा सहभागि हुन सेप्टेम्बर ३० सम्म नामावली पठाउनुपर्ने एनअारएनले निर्णय गरेकाे हाे ।

एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषदको ४८ औं आइतवार सम्पन्न बैठकले पर्सि सेप्टेम्बर ३० सम्म सहभागिताका लागि आवश्यक पर्ने विवरण सहितको फारम भरेर पठाउन सबै राष्ट्रिय समितिलाई निर्देशन दिइएको महासचिब कुमार पन्तले जानकारी दिए । तोकिएको मिति भित्र प्राप्त प्रतिनिधीले मात्र सातौं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा सहभागि हुन पाउने निर्णय पनि गरेको गैरआसीय नेपाली संघ युरोप क्षेत्रका सह–संयोजक सोम सापकोटाले बताए । । ३० सेप्टेम्बर पछि बिबरण उपलब्ध गराउनेले भने उद्घाटन सत्रमा मात्रै भाग लिन पाउने छन् । बैठकले संघको संसोधनका विषयमा पनि छलफल भएको थियो । सातौ राष्ट्रिय महाधिवेशन नजिकिदै गरेकाले तयारी पनि तिब्र पारिएको पारिएको छ ।