गुल्मी जिल्ला समाज यूकेद्वारा समवेदना

लन्डन । गुल्मी जिल्ला समाज यूकेका सक्रिय सदस्य तथा सक्रिय समाजसेवी चक्रबहादुर रानाको धर्मपत्नी भवानी रानाको निधनमा दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष अर्जुन गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राना परिवारमा परेको यो दुःखद् घडीमा गुल्मी जिल्ला समाज यूके हार्दिक समवेदना व्यक्त गर्दछ ।
वक्तव्यमा भनिएको छ, गुल्मी लिम्घाको सम्पन्न परिवारमा जन्मेर सवैसंग मेल मिलाप मीठो वोली र श्रीमान्ले लिम्घा गाविसमा प्रधान पंच गाऊंको सेवामा सधै टेवा पु-याउने कुशल गृहिणी, समाजकी अति प्रिय श्रीमती भुवानी रानाको स्वर्गारोहणबाट शोकाकूल परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस तथा दिवंगतआत्माले शान्ति पाओस् भन्नका लागि हामी सम्पूर्ण गुल्मी ज़िल्ला समाज यू॰के॰ परिवार भगवान् संग प्रार्थना गर्दछौं । रानाको ६८ बर्षको उमेरमा क्विन्स एलिज़ाबेथ हस्पिटल उलईच लण्डनमा हिजो आइतबार असामयिक निधन भएको थियो ।