विशेष सम्पादकीय

constitution

केशव भण्डारी,

लण्डन । नेपालको संविधान आफै बनाउने नेपाली जनताको करिब ७ दशकदेखिको चाहना आज सार्थक भएको छ । देशमा पहिलो पटक जनप्रतिनिधिमूलक संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ संविधानसभाबाट घोषणा भई आजैदेखि लागू भएको छ ।

२००७ सालदेखि आजसम्म विभिन्न पटक नेपाली जनताले गरेको बलिदानपूर्वक संघर्षबाट प्राप्त यस संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आजदेखि संस्थागत गरेको छ । गणतन्त्र, संघीयता, समावेशीतासहितका विशेषताले यो संविधान नेपालको संवैधानिक विकासक्रमको ६५ वर्षमा अहिलेसम्मकै अग्रगामी देखिएको छ ।

अब संविधानको घोषणासँगै कार्यान्वयन पक्ष सवल हुनुमा नै यसको सफलताको सार्थकता हुनेछ । देशमा हाल देखिएका केही असन्तुष्टिहरुलाई सम्बोधन गर्दै नयाँ संविधान नेपाल र नेपाली जनताको अग्रगामी विकासका लागि सार्थक बनोस् ।

लण्डन नेपाल न्यूज डट कम नेपाली जनतालाई आफैले लेखेको संविधान ल्याउन सफल भएकोमा हार्दिक बधाइ दिँदै नेपालको संविधान २०७२ को हार्दिक सफलताको कामना गर्दछ ।