नेपालको संविधान घोषणा

xnepal_news1442744940-_85646401_0291283721.jpg.pagespeed.ic.YmEoIUj2Oo

काठमाडौं, असोज ३ । नेपालको इतिहासमै पहिलोपटक संविधानसभा बाट भनेको संविधान घोषणा भएको छ ।

राष्ट्रपति डा. रामवरण यादवले आइतबार संविधानसभा भवनमा आयोजित विशेष समारोह मार्फत संविधान जारी गरेका हुन ।

संविधानसभामा आयोजिति विशेष समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति यादवलाई संविधान जारी गरिदिनु

 

अनुरोध गरेका थिए ।

संविधानसभाले पारित गरेको संविधानको पुस्तकमा हस्ताक्षर गर्नुअघि राष्ट्रपति यादवले संविधानलाई ढोगेका थिए ।

xnepal_news_mid1442751240-Capture_1.JPG.pagespeed.ic.O2i8Yte3n3