कुनैबेला विवादमा मुछिएकी नम्रता श्रेष्ठ पछिल्लो दिनमा दर्शकको मन जितिरहेकी छन् । उनका प्रशंसक तथा सुभचिन्तकले केही दिनमा कामुक नृत्य देख्न पाउने भएका छन् । उनकै नाममा बनेको गीत ‘हे नम्रता क्या कमाल छौ तिमी’ मार्फत नम्रताले आफ्नो आकर्षक नृत्य देखाएकी हुन् । चलचित्र ‘अधकट्टीमा’ को ‘हे नम्रता’ सार्वजनिक भएको छ । ‘अधकट्टी’ दशैँमा देशभर रिलिज हुँदै छ ।
आफ्नै नाममा बनेको भएकाले पनि उक्त आइटम गीतमा नम्रता नाच्न हौसिएको उनले बताएकी छन् । उनले हे नम्रतामा एकदम हट सिन दिएकी छन् । आफ्नै नाममा बनेको आइटम गीतमा नम्रतालाई कामुक देखाइएको गीतका निर्देशक कविराज गहतराज हुन् । गीतमा उनीसँगै नायक गौरव पहारी, विल्सनविक्रम राई, प्रदिप बास्तोला र गजित विष्ट देखिएका छन् । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशन रहेको ‘अधकट्टी’लाई प्रदिपकुमार उदयले निर्माण गरेका हुन् ।
नम्रताको कमाल






