तीन पुस्ताबीच उत्कृष्ट डान्सर छानिने,आमाको तीज

लण्डन ।

amaविगत वर्षहरुमा जस्तै यस वर्षपनि नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालीका (तीज) को अवशरमा आगामी १२ सेप्टेम्बर शनिवार महिला एसोसिएसन’ (आमा) यूकेले तीज विशेष कार्यक्रम 
गर्ने भएको छ । उक्त कार्यक्रम सामुयल कोडी स्पार्टस् कलेज हल, फार्नबोरोमा तीज विशेष हुन लागेको हो ।

विभिन्न पेशाको सिलशिलामा आफ्नो मातृभूमि नेपालवाट लण्डन आइपुगेका दिदीवहिनीहरुलाई दर खुँवाउँदै वर्षको एक दिन भएपनि सांगितिक माहोलमा रम्दै खुसियाली साटासाट गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको महिला एसोसिएसन’ (आमा) यूकेले जनाएको छ ।

संस्थाले यही सेप्टेम्बर १२ तारिकका दिन दिउसो २ देखि राती ९ बजेसम्म हुने कार्यक्रममा सहभागी मध्येबाट वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरी क्याटेगोरिजमा पुरस्कृत गर्न लागिएको महासचिव विभा गुरुङले जनाइन् ।यस पटक आमाले राफल चिट्ठामा प्रथम हुनेलाई सुनको सिक्का उपहार दिने भएको छ ।

बेलायतमा रहेर पनि विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको उक्त संस्थाले सन् २०१० मा माइती नेपाललाई ७० हजार रुपैयां, सन् २०१४ मा बाढी पीडितका लागि बीएफबीएस् गोर्खा रेडियो नेपाल मार्फत एक लाख रुपैयां ,गत वर्ष एनआरएनए यूके मार्फत वृद्धाश्रमका लागि २२० पाउण्ड र ५०० पाउण्ड क्यान्सर रिसर्चलाई सहयोग प्रदान गरेको छ ।