क्यान्सर पीडितलाई सहयोग

g]lj;ª3 a]nfotsf] ;xof]udf /Qm SofG;/af6 kLl8t wflbª gLns07–* du/ufpF lgjf;L !^ aifL{o x]dGts'df/L yfkfnfO{ ? b'O{ nfv @% xhf/ %)) x:tfGt/0f ub}{ sfFu|]; s]Gb|Lo ;b:o 8f zzfªs sf]O/fnf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १८ भदौ । नेपाल विद्यार्थी सङ्घ बेलायतले क्यान्सर पीडित हेमन्तकुमारी थापाको स्वास्थ्योपचारका लागि आज रु दुई लाख २७ हजार सहयोग गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले आज नयाँ बानेश्वरस्थित नागरिक अस्पताल पुगेर सो रकम पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।
नेविसङ्घ बेलायतका कावा अध्यक्ष कुश बस्नेतको नेतृत्वमा उपाध्यक्ष राजन खकुरेल, रेशम बस्याललगायतको सक्रियतामा रकम सङ्कलन गरिएको हो । नेता कोइरालाले रकम हस्तान्तरणपछि कोइरालाले कुनै एक व्यक्तिलाई दःख पर्दा अरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।