एयर शो गर्दागर्दै विमान खस्यो

बेलायतमा एअर शो गरिरहेको बिमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शोरहेममा भएको दुर्घटनामा एक जनाको अवस्था भने गम्भीर रहेको छ । घटनामा १४ जनालाई सामान्य चोट लागेको छ ।

पश्चिम् ससेक्सको शोरहाममा भैरहेको हवाई शो गरिरहदा लुप द लुप पुरा गर्न नसक्दा सडकमा खसेको थियो। A27 र सडकमा भएका कारहरु माथि खस्दा ७ जना को घटनास्थल्मै मृत्यु भएको थियो भने १४ जना घाइते भयेका थिए।

शनिबार देउसो १:२० म उक्त दुर्घटना भएको थियो। हवाई दुर्घटना अनुसन्धान कर्ताहरु ले दुर्घटना स्थलको अनुसन्धान गरिरहेका छन्। सो दुर्घटनाले A27 सडक पुरै बन्द गरिएको छ। ससेक्स प्रहरीका अनुसार अझै पनि दुर्घटना मा परेकाहरुको लास फेलापर्न सक्ने र मृत्यु हुनेको संख्या वृद्धि हुन सक्ने सम्भावना छ।

एयर शो गर्दै गरेको विमान नजिकैको राजमार्गमा खस्दा थुप्रैं गाडी निशानामा परेका थिए । विमान खस्ने वित्तिकै आगो र धुँवाको मुस्लो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् । शोरहेम एयर शोको यो दोस्रो दुर्घटना हो । सन् २००७ मा पनि यस्तै शोका क्रममा दुर्घटना भएको थियो ।