गगनशिला खड्का
गुल्मी २६ मंसिर । सँधैजसो श्रीमानको कुटाई खाँदा हैरान गुल्मी बलिथुम ७ कि सिता सर्तुङ्गीलाई श्रीमानको कुटाईले वाक्क बनाएपनि यो हिँसाको कानुनी उपचार हुने कुरा थाहा थिएन । बरु कहिलेकाहीँ कुटाई नखाँदा कतै परस्त्रीसंग पो सल्केछ कि भनेर शंका लाथ्यो । तर अव उनलाई हिँसा विरुद्ध उजुरी दिने आँट आउँदैन थियो, कारण हो – ‘श्रीमानका विरुद्ध नै कुरा गरे मलाई कस्ले सहयोग गर्छ ?’
तर अहिले भने उनले हिम्मतका साथ भन्छिन् –‘विनाकारण रातदिन कुट्नेका विरुद्ध बोल्नुपर्छ ।’ पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना, गुल्मीले महिला हिंसा विरुद्ध सचेतना कक्षा सञ्चालन गरेपनि उनलाई यो आँट आएको हो । ‘यसरी हामी घरभित्र कुटाई खाएर रुँदै बस्नेहरुले न्याय पाईन्छ भन्ने कहाँ थाहा थियो ?’ उनले भनिन् – ‘अब त कुरा बुझेँ, कहाँ सहेर बस्छु र ?’
हिंसा भनेको के हो ? भनेर जानकारी नहुनेहरु बलिथुम गाविसमा सिता मात्रै होईनन् अधिकांश महिलाहरु आफुलाई गरिएको व्यवहार महिला हिंसा हो भन्ने थाहा थिएन । घरेलु हिंसा र महिला हिंसाको विषयमा अनविज्ञ बलिथुम ६ की उजारकला रेश्मी पनि अहिले गाउँमा अन्यायमा परेका महिलाहरुलाई न्यायका लागि ढोका ढक्ढकाउन बाटो देखाउने भएकी छन् । रेडियो र टेलिभिजनमा आएका खवरहरु सुनेर केही जानकारी पाएपनि पर्याप्त रुपमा त्यसको बारेमा जान्न नपाएकी उनले महिला हिंसा विरुद्धको अभिमुखीकरणमा सहभागी भएर महिला हिंसा र सरसफाईका बारेमा केही कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘कहिले काँही रेडियोमा त सुन्थे तर के गर्दा हिंसा गरेको हुन्छ थाहा पाउने थिई्न ।’– उनले भनिन् ‘अव कोही दिदीबहिनीले दुःख पोखे भने यो त हिँसा हो, यसरी न्याय पाईन्छ भनेर बाटो देखाउन सक्छु ।’
तालिम लिएपछि बलिथुमका महिलाहरुले उनिहरुले आगामी दिनमा आफुहरु हिंसा सहेर होइन् त्यसको प्रतिवाद् गरेर ससक्त भएर अगाडी बढ्ने बताए । पहिले घरेलु हिंसा र लैङ्गिक हिंसाको विषयमा जानकारी नहुदाँ हिंसा सहन बाध्य भएका महिलाहरु अव न्याय खोज्न सक्ेन भएको बताए । ‘सँधैको कामधन्दा, हामीले यस्ता कुरा केही जान्ने थिएनौँ,’ – बलिथुम ९ की शोभा खड्काले भनिन् – ‘अव त केही सिक्यौँ अरुलाईपनि सिकाउछौँ ।’ महिला विकास अधिकृत प्रतिभा पन्थी र पत्रकार गगनशिला खड्काले अभिमुखिकराण्को सहजिकरण गरेका थिए ।
ग्रामिण क्षेत्रमा रहे्का महिलाहरु ज्ञानको अभावमा अन्याय सहेर बस्न बाध्य भएको भन्दैँ महिला आफुहरुले हिंसा विरुद्धको अभिमुखीकरण सञ्चालन गरेको जिल्ला वास सल्लाहकार शम्भु शाहले बताए । उनले आफ्नो परियोजनाका कार्यक्रम अनुसार अन्य गाविसमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए ।






