जनार्दन घिमिरे
गुल्मी २६ साउन । अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीको दिब्रुङ्ग गाविसमा एकै घरका तीन जनाको ज्यान गएको छ भने थप दुई जना घाईते भएका छन् । 
गएराती गएको पहिरोले पुरिएर मृत्यु हुनेहरुमा दिब्रुङ्ग गाविस ३ नीवासी ४० वर्षीय आमा आशा नेपाली, उनकी ९ वर्षीय छोरा गगन नेपाली र ३ वर्षीय छोरी ईन्दु नेपाली रहेको स्थानीय भीमा प्रविका प्रधानाध्यापक विष्णु थापाले वताएका छन् ।
उनीहरुको घटना स्थलमै मृत्यु भएको वताईएको छ ।
पहिरोमा पुरिएर आशा नेपालीका थप दुई छोरीहरु दश वर्षीय रनु नेपाली र १३ वर्षीय सुरक्षा नेपाली घाईते बनेका छन् । राती २:३० वजेको समयमा घर पछाडिवाट खसेको पहिरोले घर च्यापिएका कारण उक्त घटना भएको हो । पहिरोमा पुरिएकाहरुको मंगलवार विहान स्थानीयवासीहरुले उद्दार गरेका थिए ।






