गुल्मी, २५ साउन । भूकम्पका कारण विद्यालय भवनमा क्षती पुगेपछि गुल्मीको वामी टक्सार स्थीत एक विद्यालयमा बाँसको अस्थाई टहरो निर्माण गरेर पठनपाठन सुचारु गरिएको छ । महेन्द्र आर्दश उच्च माध्यमिक विद्यालयको आठ कोठे भवन गत वैशाख १२ र २९ गतेको भूकम्पले क्षती ग्रस्त बनेपछि विद्यालयको पठनपाठन सहज रुपमा सुचारु गर्न विद्यालयको खेल मैदानमै अस्थायी टहरो निर्माण गरिएको हो ।
विद्यालयको पठनपाठनलाई सहज रुपमा संचालन गर्नका लागि स्थानीय एवं वाह्य गरि विभिन्न संघसंस्थाको आर्थिक सहयोग तथा स्थानीयवासीहरुको जनश्रमदानबाट चारकोठे अस्थायी टहरो निर्माण गरिएको निर्माण समितिका अध्यक्ष हरिहर सापकोटाले वताएका छन् ।
टहरो निर्माणका स्थानीय जनश्रमदान वाहेक जिल्ला शिक्षा कार्यालय, एनआरएन न्यूजरल्याण्डनमा रहेका केही नेपालीहरु र विद्यालय समेतको सहयोग गरि कुल दुई लाख ५० हजार लागतमा उक्त विद्यालयको चार कोठे अस्थायी टहरो निर्माण सम्पन्न भएको विद्यालयका प्राचार्य भिमलाल सापकोटाले वताए ।
– जनार्दन घिमिरे
बाँसको टहरामा पठनपाठन






