सामान्य प्रशासन मन्त्री पण्डित सम्मानित

;fdfGo k|zf;gdGqL kl08t–;Ddfg s'dfn hfltaf6 klxnf] k6s dGqL aGg' ePsf] eGb} ;fdfGo k|zf;gdGqL nfnafa' kl08tnfO{ ;Ddfg ub}{ g]kfn s'dfn ;'wf/ ;ldltsf cWoIf g/]Gb|dfg s'dfn . tl:a/ M cRo't /]UdL¬–/f;;

काठमाडौँ, १३ साउन । नेपाल कुमाल समाज सुधार समितिले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आज सम्मान गरेको छ । समितिले यहाँ एक कार्यक्रम गरी कुमाल समुदायबाट इतिहासमै पहिलोपटक मन्त्री बन्नुभएको भन्दै सम्मान गरेको हो । सम्मानपछि मन्त्री पण्डितले देशको माया गर्नेलाई सम्मान गर्नुपर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । उहाँले डिभी र पिआर लिएर देशमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने दोहो-याउनु भयो ।
उहाँले १७ महिने आफ्नो कार्यकालमा निजामती कर्मचारी ऐनको संशोधन भएको बताउँदै सबैको भावनालाई समेट्ने लोकतान्त्रिक संविधान निर्माण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्व सभासद् शारदा कुमालले समावेशी प्रतिनिधित्व गराउने खालको कानुन आवश्यक रहेको धारणा राख्नु भयो । समिति तनहुँका अध्यक्ष खिमबहादुर कुमालले ७२ जिल्लामा रहेका एक लाखभन्दा बढी कुमाल सङ्गठित हुनु आवश्यक रहेको बताउनुभयो ।