नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध चयन, छैटौँ महाधिवेशन २२ नोभेम्बरमा हुँद

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ पुनः सर्वसम्मत चयन भएका छन्। आगामी २२ नोभेम्बरमा लन्डनमा आयोजना हुने समितिको छैटौँ महाधिवेशनका लागि आइतबार भएको मनोनयन दर्तामा सभापति पदमा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।

प्रमुख निर्वाचन आयुक्त कमल कँडेलले सभापति पदमा गुरुङको एकल उम्मेदवारी परेको पुष्टि गर्दै उनी निर्विरोध चयन भएको जानकारी दिएका छन्। महाधिवेशनबाट आगामी चार वर्षे कार्यकालका लागि २७ सदस्यीय कार्यसमिति चयन गरिने जनाइएको छ।

वि.सं. २०४२ सालदेखि राजनीतिमा सक्रिय गुरुङले नेपाल विद्यार्थी संघ संखुवासभाको अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। नेपाली कांग्रेसका भ्रातृ तथा जनसम्पर्क संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका उनले नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिको जिम्मेवारी यसअघि दुई कार्यकाल सम्हालिसकेका छन्।

यसैबीच, नेपाली कांग्रेसको आगामी मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यसमेत चयन भएका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पार्टीको केन्द्रीय महाधिवेशनलाई प्रतिनिधि चयन गरिएको हो।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार उपसभापति पदमा विनोद योन्जन, विशाल राई र सन्तोष सुवेदीको उम्मेदवारी परेको छ। महामन्त्रीमा टपेन्द्र राई, सुजन बन्जरा र निशान लिम्बु उम्मेदवार रहेका छन्।

त्यस्तै, सहमहामन्त्री पदमा सुधिर भण्डारी, बसन्त राई, दुर्गा लिम्बु, एलबीजेड गुरुङ र ज्ञानुराज राईको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा भने सुजित शाहीको एकल उम्मेदवारी परेको छ।

सदस्य पदका लागि दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्याज्योति साहु, होमबहादुर पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ, भीम राई, सुभाष राई, नारायण लिम्बु, नन्दु स्याङ्बो र मिलन शाही उम्मेदवार रहेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि बेलायतबाट युवराज गुरुङ, विनोद मोक्तान, विशाल राई, निशान लिम्बु, विनोद योन्जन, सुजित शाही, ईश्वर गुरुङ, सन्तोष सुवेदी, लोक गुरुङ, निर्मल सिग्देल, रोजिना गुरुङ, विनय अधिकारी, पारस कोइराला र राजकुमार सुनार महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

तीमध्ये युवराज गुरुङ, विनोद मोक्तान, सन्तोष सुवेदी, लोक गुरुङ, रोजिना गुरुङ र राजकुमार सुनार महासमिति सदस्यका रूपमा समेत चयन भएको निर्वाचन समितिले जनाएको छ।

समितिको छैटौँ महाधिवेशनले बेलायतमा नेपाली कांग्रेसको संगठन विस्तार, आपसी एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, पार्टीको केन्द्रीय महाधिवेशनमा बेलायतस्थित नेपाली कांग्रेसका प्रतिनिधिहरूको सहभागिताले प्रवासमा पार्टी संगठनको भूमिका र आवाजलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *