जनसम्पर्क समिति यूके अधिवेशन संयोजक शेर सुनारद्वारा समिति विस्तार आर.के. त्रिपाठी सदस्य–सचिव सहित २५ जना मनोनित

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन तयारी समिति विस्तार, आर.के. त्रिपाठी सदस्य–सचिव नियुक्त

लण्डन। नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा जनसम्पर्क समिति बेलायतको अधिवेशन संयोजकको विशेष जिम्मेवारी शेरबहादुर सुनारलाई दिइएपछि उनले अन्य समिति विस्तार गरेका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गर्न गठित तयारी समितिको सदस्य–सचिवमा आर.के. त्रिपाठी नियुक्त भएका छन्।

नियुक्तिपछि त्रिपाठीले संयोजक शेरबहादुर सुनारप्रति आभार व्यक्त गर्दै आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले यो जिम्मेवारीलाई नेपाली कांग्रेसले दिएको सम्मान र विश्वासको रूपमा लिएको बताएका छन्।

त्रिपाठीले समितिमा मनोनित सबै सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै संस्था बलियो बनाउन सबैले साथ, सहयोग र सद्भावका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। “व्यक्ति भन्दा संस्था, गुटभन्दा एकता र विवादभन्दा विधि–विधानलाई प्राथमिकता दिँदै संगठन सुदृढीकरणतर्फ अघि बढौँ,” उनले भने।

उनले बेलायतमा नेपाली कांग्रेसलाई अझ सशक्त बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान, मान र गौरव उचाल्ने अभियानमा सबैको नेतृत्व सफल रहने विश्वास व्यक्त गरेका छन्।

समितिमा सदस्य–सचिव आर.के. त्रिपाठीसहित महेश दाहाल, युवराज सिंह, कोपिला लिम्बु, केशबहादुर गुरुङ, तर्कजंग गुरुङ, विश्व घिमिरे, शिव तिमिल्सिना, रितेष पाण्डे, दयानिधि सापकोटा, केशव भण्डारी, इन्द्रहाङ लिम्बु, नोर्बु शेर्पा, कुश बस्नेत, शेखर कँडेल, खुसी लिम्बु, मोहनलाल घिमिरे, नारायण आचार्य, सुशील गैरे, वसन्त श्रेष्ठ, लिला निउरे, सैलेन्द्र काजी श्रेष्ठ, भीम राई, शक्ति गुरुङ  र असल लिम्बु सदस्य रहेका छन्।

त्रिपाठीले संयोजक सुनारलाई सफल कार्यकालको शुभकामना दिँदै पूर्ण साथ र समर्थन रहने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *