काठमाडौ, ६ साउन– भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागी पुरातत्व विभागले सरकारसंग ३० करोड मागेको छ ।
वि.सं १९९० र गत बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण गर्न सरकारसँग ३० करोड मागेको हो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले ५ वर्ष भित्र पुनर्निर्माणको लक्ष्य लिएर सरकारसँग बजेट मागेको बताए ।







