निर्वाचन क्षेत्र, साँसद विकास कोष र गाविस अनुदान बढयो

कठमाण्डौ, २९ असार । सरकारले निर्वाचन क्षेत्र, गाविस र सभाषदले निर्वाचन क्षेत्र विकासका लागि बजेट बढाएको छ । हरेक निर्वाचन क्षेत्रका लागि यस अघि दिने गरीएको १ करोड रुपैयाँ बढाउने गरी बजेट ल्याएको हो । अर्थमन्त्री डा. रामशरण महतले आगामी वर्षका लागि बजेट पस्तुत गर्दै निर्वाचन क्षेत्रको लागि १ करोड ५० लाख रुपैयाँ दिने बताएका हुन ।
त्यस्तै हरेक साँसादले निर्वाचन क्षेत्र विकासका लागि पाउँदै आएकोमा बजेटमा ५ लाख बढाएर २० लाख पुरयाईएको छ । त्यसैगरी गाउँ विकास समितिले पाउने अनुदान पनि ५ लाख बढाएर २० लाख पुरयाईएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्व ८ अर्व १९ करोड रुपैयाँको बजेट विनीयोजन गरेको हो ।